सामाजिक कार्यमा सक्रिय ‘भीमकाली’: १ लाख बराबरको समाग्री सहयोग

पाेखरा | कात्तिक २९, २०८१

सामाजिक कार्यमा सक्रिय ‘भीमकाली’: १ लाख बराबरको समाग्री सहयोग

पोखरा:  भीमकाली क्लबले चौथों संस्करणको भीमकाली साँझ तथा देउसी भैलो कार्यक्रमबाट संकलितमध्ये केही रकम विभिन्न संस्थालाई सहयोग गरेको छ ।

 

पोखरामा महानगरपालिका १ मा क्रियाशिल क्लबले तिन दिने सहयोग कार्यक्रम अन्तरगत १ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो ।

 

क्लबका सदस्य अनिश गुरुङका अनुसार पहिलो दिन मंगलबार पोखरा १७ छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यु एण्ड केयर सेन्टरमा करिब २० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको हो । 

 

उक्त सहयोग केयर सेन्टरका संचालक चाँदनी थापालाई क्लबका सल्लाहकार सूर्यमान गुरुङ, क्लबका अध्यक्ष कृष्ण गुरुङ लगायतले हस्तान्तरण गरे ।

 

 

यस्तै दोस्रो दिन बुधबार पोखरा २३ माझथुमस्थित सिद्धबराह गुरुकुल विद्याश्रममा करिब ४० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको क्लबका सदस्य अन्जन देवकोटाले जानकारी दिए ।

 

उनका अनुसार उक्त विद्याश्रममा चामल ८ बोरा, दाल १ बोरा, सोयाबिन १ बोरा लगायतका अन्य समाग्री सूचना अधिकारी सुरेश लम्साललाई हस्तान्तरण गरिएको हो ।

 

 

यस्तै तेसो दिन बिहीबार ४० हजार बराबरकै पोखरा १ बगरस्थित संस्कृत माविमा अध्ययनरत जेहेन्दार विद्यार्थी तथा बटुकहरुलाई ६० वटा स्वीटर र ६० थान टोपी  प्रदान गरिएको हो ।

 

उ​क्त सहयोग समाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीलाई प्रदान गरिएको देवकोटाले बताए ।

 

देवकोटाका अनुसार सो सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका सम्पूर्ण पदाधिकारीसहित अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

 

 

क्लबले बगरस्थित ट्याक्सीचोकमा गत २० गते आयोजना गरेको चौथों भीमकाली साँझबाट करिब १० लाख बढी रकम संकलन गरेको थियो । 

 

सो कार्यक्रमबाट संकलितमध्ये १ लाखको तिन दिने कार्यक्रम घोषणा गरि सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न संस्थालाई सहयोग गरेको क्लबका सचिव चाइना गुरुङले बताए ।

 

 

उनका अनुसार क्लबले हरेकवर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रमबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्चिदै आएको छ । बाँकी रकम भने, रकमको बचत कोषमा सुरक्षित राखिने उनले बताए । 

 

क्लबले स्थापना कालदेखि रक्तदान कार्यक्रम, राहात वितरण, सरसफाई कार्यक्रम, लागुऔषधविरुद्ध सचेतना कार्यक्रम, विविध खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्